सोमबार ३ बजेसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित

काठमाडौं । प्रतिनिधिसभाको बैठक सोमबार ३ बजेसम्मका लागि स्थगित भएको छ । संघीय संसद् सचिवालयले बैठकको मिति परिवर्तन गर्दै सोमबार ३ बजेसम्मका लागि स्थगित भएको सूचना टाँस गरी जानकारी दिएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको आग्रहमा आइतबार दिउँसो १ बजे बस्ने भनिएको बैठक ३ बजेसम्मका लागि सारिएको थियो । तर संसद् सचिवालयले विशेष कारणवश निर्धारित समयमा बैठक बस्न नसकेको भन्दै सोमबार ३ बजे बस्ने गरी स्थगित गरेको छ ।

प्रमुख प्रतिपक्षी एमालेले प्रधानमन्त्री प्रचण्डले दिएको अभिव्यक्तिको विरोधमा मंगलबारदेखि संसद्‌मा अवरोध गर्दै आएको छ । प्रधानमन्त्री प्रचण्डको विवादास्पद अभिव्यक्तिलाई लिएर एमालेले लगातार संसद् बैठक अवरुद्ध पार्दा दुवै सदन चल्न पाएका छैनन् । एमालेले प्रधानमन्त्रीको राजीनामालाई बटमलाइन बनाएको छ ।

आइतबार सिंहदरबारमा प्रधानमन्त्री प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी एमाले अध्यक्ष केपी ओलीबीच संसद्‌को अवरोध हटाउने विषयमा छलफल भएको थियो ।

एमालेले प्रधानमन्त्री प्रचण्डले चित्तबुझ्दो स्पष्टीकरण दिएमा संसद् खुलाउन सहमति जनाएको थियो । त्यसपछि प्रचण्ड जवाफ दिन तयार भएका थिए । एमालेले पहिले संसदमा सम्बोधन गर्ने र पछि प्रधानमन्त्री प्रचण्डले जवाफ दिने सहमति जुटे पनि अब सोमबार मात्र बैठक बस्ने भएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *