२५ विद्यार्थीलाई विष खुवाएकी चिनियाँ शिक्षिकालाई फाँसी

बेइजिङ । चीनमा एक महिला शिक्षकलाई मृत्युदण्ड दिइएको छ । महिला शिक्षिकाले आफ्ना २५ विद्यार्थीलाई विष खुवाएको र जसमध्ये एक बालकको मृत्यु भएको आरोपमा उनलाई फाँसी दिइएको हो । विष खुवाइँदा २४ बालबालिकाको अवस्था नाजुक भएको थियो । यस घटनामा दोषी ठहरिएपछि ती बालवाडी शिक्षिकालाई गत शुक्रबार फाँसी दिइएको हो ।

चीनको हेनान प्रान्तको यो घटना चार वर्ष पुरानो हो, जब एक शिक्षिकाले यो घृणित घटना घटाएकी थिइन् । चिनियाँ सञ्चारमाध्यमका अनुसार विषाक्त खाएका बालबालिका उपचारपछि निको भए पनि एक बालकको अवस्था भने निरन्तर बिग्रँदै गएपछि १० महिनाको उपचारपछि उनको मृत्यु भएको थियो । यसअघि महिला शिक्षिकाले पनि श्रीमानलाई विष खुवाएर घाइते बनाएकी थिइन् । यद्यपि शिक्षिकाले यो सबै किन गरिन् भन्ने खुल्न सकेको छैन ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *