एसीसी इमर्जिङ टिम्स एसिया कप : नेपालले दोस्रो खेल आज भारत सँग खेल्ने

काठमाडौं । श्रीलंकामा जारी एसीसी इमर्जिङ टिम्स एसिया कपमा नेपालले आफ्नो दोस्रो खेल आज भारत ए सँग खेल्नेछ ।

डे नाइटमा खेलाइने यस खेल कोलोम्बोस्थित आर प्रेमदासा स्टेडियममा हुनेछ । खेल दिउँसो २ बजे सुरु हुनेछ । डे नाइट खेल भएकोले नेपाली टोलीले यस खेलका लागि आइतबार नाइटमा अभ्यास समेत गरेको थियो । रोहित पौडेलको कप्तानीमा रहेको नेपालको सिनियर टोलीले नै इमर्जिङ कप खेले पनि एसिया कपअघि यसलाई तयारीको रुपमा हेरेको छ । इमर्जिङ कपमा नेपालले हरेक खेल जितको मानसिकतासहित खेल्ने प्रतियोगिताअघि रोहितले बताएका थिए ।

नेपालले अगष्ट-सेप्टेम्बरमा पाकिस्तान र श्रीलंकामै हुने एसिया कपमा पनि समूह चरणमा भारत र पाकिस्तानसँग खेल्नेछ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *