सप्तकोशी किनारामा युवतीहरुको ‘ग्याङ फाइट

मोरङ । सुनसरीको बराहक्षेत्रस्थित सप्तकोशी नदी किनारमा युवतीको दुई समूहबीच ‘ग्याङ फाइट’ भएको छ । तीन जना युवतीमाथि भएको निर्घात कुटपिटमा संलग्न एक जनालाई प्रहरीले पक्राउ गरेको छ । दुई समूहबीच विवाद भएको प्रहरीको भनाइ छ ।

सप्तकोशी किनारमा युवतीहरूको समूहले किशोरीहरूको अर्को समूहमाथि निर्घात कुटपिट भएको भिडिओ सामाजिक सञ्जालमा बाहिरिएपछि घटनामा संलग्न एक जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजकुमार राईले जानकारी दिए । पक्राउ पर्नेमा बराह क्षेत्र– १० प्रकाशपुरकी १९ वर्षीया प्रीति लिम्बु रहेकी छन् ।

घटनामा संलग्न बराह क्षेत्र–९ बस्ने १९ वर्षीया सन्जिता राई, १९ वर्षीया निहाङ राई, बराह क्षेत्र–८ सैनिक टोल बस्ने १८ वर्षीया दुर्गा राई र बिनिता उरावँको खोजी भइरहेको प्रहरीले जनाएको छ । घटनामा बराह क्षेत्र ८ की १७ वर्षीया सन्ध्या परियार, १६ वर्षीया नविना विश्वकर्मा र राजाबासकी १९ वर्षीया मनिषा राईलाई पाँच जनाको समूहमा रहेका किशोरीहरुले निर्घात कुटपिट गरेका थिए ।

कुटपिटमा संलग्नहरुले आफ्नो अस्मितामा आँच आउने गरी अरु कसैलाई पोल खोलिदिएको भन्दै झुक्याएर सप्तकोसी किनारमा बोलाएर निर्घात कुटपिट गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलासा भएको छ । कुटपिटको भिडियो समेत बनाएर पीडकहरुले नै सामाजिक सन्जालमा सार्वजनिक गरेको भेटिएको प्रहरीको भनाइ छ । अरू चार जना फरार रहेको र उनीहरूको खोजी भइरहेको राईले बताए । गत शुक्रबार सप्तकोशी नदीस्थित बराहक्षेत्रको राजाबासमा पाँच जना युवतीको समूहले तीन जना युवतीमाथि निर्घात कुटपिट गरेको घटना सामाजिक सञ्जालमा भाइरल बनेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *