भदौ १५ गतेदेखि भृकुटीमण्डपमा ईभी एक्स्पो हुने


काठमाडौं । भृकुटीमण्डपमा आगामी भदौ १५ गतेदेखि १७ गतेसम्म ईभी एक्स्पो हुने भएको छ । इलेक्ट्रीक भेहिकल म्यानुफ्याक्चरर्स एन्ड इम्पोटर्स एशोशिएसन अफ नेपालले आयोजना गर्न लागेको हो । विद्युतीय सवारीलाई प्रवद्र्धन र प्रोत्साहन गर्ने उद्देश्यले आयोजना गर्न लागिएको एक्स्पोमा १०० भन्दा बढी कम्पनीहरूको सहभागिता रहने आयोजकले दावी गरेको छ । साथै, उनिहरुले एक्स्पोमा १ सय ५० भन्दा धेरै ब्राण्डका गाडी र विद्युतीय सामग्रीहरु प्रदर्शनीमा राखिने जनाएका छन् । एक्स्पोमा विशेष गरी विद्युतीय कार, विद्युतीय स्कुटर, मोटरसाइकल, साइकल, विद्युतीय बस, रिक्सा तथा विद्युतीय चार्जिङ स्टेशन, ब्याट्री र अन्य विद्युतीय सामग्री रहने छन् ।

अटो कम्पोनेन्ट, टायर, ब्याट्री, ग्यारेज इक्यूपमेण्टस, चार्जिङ स्टेशन बैंक र बीमा कम्पनीहरुको समेत सहभागिता रहने आयोजकले जनाएको छ । विद्युतीय गाडीको बढ्दो लोकप्रियता र नेपालमा विद्युतीय सवारीसाधनको आवश्यकतालाई झल्काउन एक्स्पो सहयोगी बन्ने आयोजकको भनाइ छ । गत आर्थिक वर्षको तथ्यांक अनुसार निजी प्रयोगका साधनमा ईभीको आयात झन्डै ४० प्रतिशत पुगेको र तिब्रगतिमा प्रयोग बढ्दो क्रममा रहेकाले एक्स्पोले थप उचाई दिने आयोजको दावी छ । ‘ईभीको प्रयोग बढाउन हामीले एक्स्पो आयोजना गर्न लागेका हौं । अहिलेको आर्थिक मन्दीमा पनि ईभीको बिक्री उच्च हुँदा नयाँ उत्पादन बारे जानकारी दिन एक्स्पो सहयोगी बन्ने छ, इभीमेनका अध्यक्ष तथा एक्स्पो संयोजक श्यामसुन्दर सापकोटा बताए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *