एफएनसीसीआईको कर तथा राजस्व समितिमा पौडेल
काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघले कर तथा राजस्व समितिमा अम्बिकाप्रसाद पौडेलको नेतृत्वमा ९ सदस्यीय समिति गठन गरिएको छ। पौडेल समितिका सभापति हुन्। उज्जवल कसजु, उज्जवल श्रेष्ठ, कृष्णप्रसाद दुलाल र निरञ्जन श्रेष्ठ समितिका उप सभापतिमा चयन भएका छन्। नन्दलाल बैष्य, प्रकाश मानन्धर, चक्रबहादुर अधिकारी र अनन्तकुमार पौडेल समितिका सदस्य छन्।
समितिमा ४ जना आमन्त्रित सदस्य छन् भने चार जना सल्लाहकार पनि राखिएको छ। राजकुमार न्यौपाने, नरेश अग्रवाल, अश्विनी बंशल, राजन लम्साल र सुमन गौतम समितिका आमन्त्रित सदस्यमा मनोनित गरिएको महासंघद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। समितिमा पूर्व अर्थ सचिव शंकर अधिकारी, सुदर्शनराज पाण्डे, सुनिलगोपाल श्रेष्ठ र कृष्णलाल महर्जन लगायत सल्लाहकार छन्।