अजयबाबुकाे प्रश्न : कांग्रेसले बालकृष्ण खाँण रोज्ने कि सरकार ?

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका बालकृष्ण खाँणबारे पार्टी बैठकले ठोस निर्णय लिन माग गरेका छन्।

पार्टी कार्यालय सानेपामा तीन दिनदेखी जारी रहेको केन्द्रीय समिति बैठकमा आफ्नो धारणा राख्दै पार्टीको धारणा प्रष्ट पार्न माग गरेका हुन् । उनले सरकार र खाण के रोज्ने पार्टी बैठकले स्पष्ट पार्नुपर्ने बताए।

‘कांग्रेस अहिले प्रचण्ड नेतृत्वको सरकारमा छ। यही सरकारले हाम्रा एकजना वरिष्ठ नेता बालकृष्ण खाँणलाई थुनामा पठाएको छ’, उनले भने, ‘यदि नक्कली शरणार्थी प्रकरणमा बालकृष्णलाई अन्याय भएको हो भने कांग्रेस तत्काल सरकारबाट हट्नुपर्छ, होइन भने बालकृष्णलाई निलम्बन गरियोस्।’ उनले भने ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *