त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विदेशी मुद्रा दुबई लैजाँदै गर्दा ४ जना पक्राउ

काठमाडौं । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट ठूलो मात्रामा अवैध रुपमा विदेशी मुद्रा बाह्य देश लैजाने क्रममा चार जनालाई प्रहरीले पक्राउ गरेको छ।

रुपन्देहीको तिलोत्तमा नगरपालिका–९ का २४ वर्षीय अनिस थापासहित अन्य तीन जना पक्राउ परेका हुन् । विदेशी मुद्रा लिएर हिमालयन एयरलाइन्सको उडानबाट यूएईको दुबई जान लासिबमकासबाविदेगेका थापा बुधबार राति पक्राउ परेका प्रहरी स्रोतले जनाएको छ । पक्राउ परेका अन्य दुई जनाको प्रहरीले नाम खुलाएको छैन् ।

उनीहरुबाट ४१ हजार ४ सय अमेरिकी डलर, एक लाख १९ हजार ५ सय साउदी रियाल, एक हजार ३ सय ५७ ओमानी रियाल, ३०८ बहराइन दिनार बरामद गरेले जनाएको छ ।

अन्तर्राष्ट्रिय उडानतर्फको प्रस्थान होल्ड ब्यागेज चेकिङ एरियामा जाँच गर्ने क्रममा लगेजभित्र प्लाष्टिकले र्‍यापिङ गरी चाउचाउको बीचमा विदेशी मुद्रा फेला परेको थियो ।

थप अनुसन्धानका क्रममा तिलोत्तमा –९ कै ३८ वर्षीय दिपेश रानालगायत तीन जनालाई त्रिभुवन अन्तर्राष्ट्रिय उडानतर्फको प्रस्थान पार्किङ एरियामा बाग्मती प्रदेश –०१–०२७ च ६२६६ नम्बरको गाडीबाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

सो घटनामा पक्राउ परेकाहरुलाई अनुसन्धान साथै आवश्यक कारबाहीका लागि गौशलता प्रहरी वृत पठाएको प्रहरीले जनाए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *