प्रदेश सभापति थापाद्वारा केन्द्रीय सदस्य बुढाथोकीलाई कारबाहीको माग

काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री एवं प्रदेश सभापति उद्धव थापाले केन्द्रीय सदस्य केशब बुढाथोकीलाई कारबाहीको माग गरेका छन् ।

फेसबुक पेजमा लाइभ भइरहेको केन्द्रीय समिति बैठकमा बिहीबार कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले केन्द्रीय सदस्य केशव बुढाथोकीलाई कारबाही गर्न माग गरे । उनले पार्टीका उम्मेदवार देउमान थेवेलाई भोट नहाल्न भनेको प्रमाण आफूसँग सुरक्षित रहेको भन्दै चुनावका बेला भागेर अस्ट्रेलिया गएका बुढाथोकीलाई पार्टीले कारबाही गर्नुपर्ने उनको माग छ ।

गत निर्वाचनमा कांग्रेसका उम्मेदवार हराउन बुढाथोकीले भूमिका खेलेको थापाले आरोप लगाए । ‘झापा २ मा कांग्रेसको गठबन्धनको उम्मेदवार हराउने उहाँ हो । देउमान थेबेलाई भोट नदेउ, हराउ भनेर मेसेज गर्नुभएको छ,’ थापाले भने, ‘चुनावको बेला अस्ट्रेलिया जानुभयो । सकिएपछि फर्किनुभयो । पार्टीलाई संकट पर्दा भागेर जानेरु यस्ता नेतालाई कारबाही हुनुपर्दछ । भागेर अस्टे«लिया गएको रेकर्डेड छ ।’

झापा २ बाट प्रतिनिधि सभामा उम्मेदवार बनेका थेबे झापा जिल्ला सभापति समेत हुन् । थापा र थेबे दुबै नेता कृष्णप्रसाद सिटौला निकट छन् । बुढाथोकी संस्थापन पक्षका हुन् ।

बुधबार केन्द्रीय समितिको बैठकमा बोल्ने क्रममा जिल्ला सभापति थेबेले आफूखुसी र विधान विपरीत पार्टी सञ्चालन हुने गरेको आरोप लगाएका थिए ।

कांग्रेसको नेतृत्वमा बनेको सरकार मान्ने कि नमान्ने प्रश्न बुढाथोकीले उठाएको भन्दै थापाले भने, ‘कार्यकर्ताको मनोबल घटाएको छ । शक्तिलाई खुम्च्याउने काम पार्टीभित्रैबाट भएको छ । कार्यकर्तालाई हप्काउने नेतृत्वले कांग्रेसलाई कहाँ पुर्‍याउँछ रु’

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *