माछापुच्छ्रे बैंकको नेपालमै पहिलो पटक क्युआरमा भ्वाइस बक्सको सुविधा


काठमाडौं । माछापुच्छ्रे बैंकले नेपालमा पहिलो पल्ट क्युआर प्रणालीमा भ्वाइस बक्स (इन्स्ट्यान्स पेमेन्ट नोटिफिकेसन) प्रविधि ल्याएको छ । बैंकले साउन ५ गते शुक्रबारबाट क्युआरमा भ्वाइस बक्स जडान गरि यो नविनतम प्रविधिको सुरुवात गरेको छ । उक्त प्रविधिको शुभारम्भ नेपाल राष्ट्र बैंक भुक्तानी प्रणाली विभाग लगायत यस बैंकका अन्य केही स्थानहरुबाट भएको हो । यो प्रविधि प्रयोगमा ल्याउने माछापुच्छ्रे बैंक नेपालमै पहिलो बैंक भएको छ ।

यससँगै अब माछापुच्छ्रे बैंकका क्युआर मर्चेन्टहरुले क्युआर मार्फत भुक्तानी प्राप्त गर्दा कारोबार सफल भएको जानकारी एसएमएस सँगसँगै ध्वनी मार्फत हुने जानकारी गराउँदछौं । जसले गर्दा सेवाग्राही तथा मर्चेन्टहरुमाझ क्युआर प्रति लोकप्रियता एवम् विश्वसनियता अझ बढ्ने अपेक्षा गरिएको छ, साथै भविष्यमा नगदरहित कारोबारलाई समेत टेवा पुग्ने देखिन्छ । यस सुविधाबाट हजारौ साना तथा मझौला क्युआर मर्चेन्टहरु प्रत्यक्ष लाभान्वित हुने छन् ।

सो को प्रयोगले ग्राहक र मर्चेन्टहरु बिच देखिएका केही भुक्तानी सम्बन्धी विवादनिराकरण हुने विश्वास लिएका छौं । हाल उक्त सेवा नेपाल पे क्युआरका मर्चेन्टहरुमा उपलब्ध रहेको र छिटै अन्य नेटवर्कमा पनि जडान गरिने बैंकले जानकारी गराएको छ । बैंकले नगदरहित बैकिङ्गलाई बढावा दिँदै पहिलो डिजिटल ‘स्मार्ट बैंक’ को रुपमा आफुलाई स्थापित गर्ने लक्ष्यमा निरन्तर अगाडी बढि रहेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *