प्रधानमन्त्री प्रचण्डको इटालीमा स्वागत

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड संयुक्त राष्ट्र सङ्घीय खाद्य तथा कृषि सङ्गठनको मुख्यालय इटालीको रोममा हुन गइरहेको कार्यक्रममा भाग लिन इटाली पुगेका छन् ।

प्रचण्ड स्थानीय समय अनुसार आइतबार ७ः३० बजे रोममा अवतरण गरेका हुन् । नेपाली राजदूत भरतकुमार रेग्मीसहित इटालीका परराष्ट्र मन्त्रालयका अधिकारीहरुले स्वागत गरेको प्रधानमन्त्रीका प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिए । अतिकम विकसित राष्ट्रहरूको अध्यक्षको हैसियतमा खाद्यसम्बन्धी कार्यक्रमको उद्घाटन समारोहमा प्रधानमन्त्रीको सम्बोधन रहनेछ । हालै नेपालले पाँच वर्षका लागि अतिकम विकसित राष्ट्रहरूको ग्लोबल कोर्डिनेसन ब्यूरोको अध्यक्षता ग्रहण गरेको छ ।

साथै सो कार्यक्रम सकेर प्रधानमन्त्री दाहाल साउन १२ गते नेपाल फर्किने कार्यक्रम रहेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *