कोशी प्रदेश सरकार गठनविरुद्धको मुद्दा हेर्दा हेर्दैमा

काठमाडौँ । कोशी प्रदेश सरकार गठन विरुद्धको रिटमाथि आज सर्वोच्च अदालतको पूर्ण इजलाशमा भएको सुनुवाई सकिएन ।

उक्त मुद्दा हेर्दाहेर्दैमा राखिएको छ । आज रिट निवेदक कोशी प्रदेशका निर्वतमान मुख्यमन्त्री हिक्कमतकुमार कार्कीका तर्फबाट अधिवक्ताहरु टीकाराम भट्टराई, भीमार्जुन आचार्य, बद्रीबहादुर कार्कीलगायतले बहस गरेका छन् । त्यस्तै, प्रतिवादी मध्ये सरकारका महान्यायाधिवक्ता दिनमणी पोखरेल, सहन्यायाधीवक्तालगायतले बहस गरेका छन् ।

सभामुख सहित अन्य प्रतिवादी र मुख्यमन्त्री थापाका तर्फबाट निजी वकिलहरुले भने उक्त मुद्दामाथि बहस गर्न बाँकी छ । उक्त मुद्दामाथिको सुनुवाई भोलि बिहान ११ बजेपछि हुने जनाइएको छ ।

मंगलबार न्यायाधीश ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई र तीलप्रसाद श्रेष्ठको पूर्ण इजलासमा उक्त मुद्दा सुनुवाई भएको हो ।

सोमबार न्यायाधीश सुष्मालता माथेमा र तीलप्रसाद श्रेष्ठको संयुक्त इजलासले उक्त मुद्दालाई पूर्ण इजलाशमा पठाउन आदेश गरेको थियो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *