पानी कति पिउनु हुन्छ ? यस्ताछन् फाईदाहरु

मानव शरीरको ७० प्रतिशत भागमा पानी रहेको हुन्छ । रगत, मांसपेशी, हड्डी सबैमा पानी हुन्छ पानीले खाना पचाउने, रगत बनाउन, डिहाइड्रेसन तथा पानीको कमी हुन नदिन र शरीरमा भएको खराब वा अनावश्यक विषाक्त तत्वहरु निकाल्न मद्दत गर्ने गरि जुन पसिना र पिसाबबाट बाहिर निस्कने गर्छ । शरीरमा पानीको कमी भएमा विभिन्न समस्या तथा रोग उत्पन हुनसक्छ । त्यसैले दुई दुई घण्टाको फरक पानी पिउनु एकदम लाभदायक हुन्छ ।

पानीमा पाईने पोषक तत्व ?

पानीमा पाइने मिनरल्स वा खनिज पदार्थ प्राकृतिक रुपमा मुहानको पानी पाइन्छ । तर आजभोलि पिउने पानीमा मिनरल्सको कमी पनि हुन सक्छ । तर मिनरल्स पनि शरीरलाई फाइदा र बेफाइदा गर्ने हुन्छन् । पानीमा आइरन, कपर अत्यधिक मात्रामा भएमा हानिकारक हुन्छ भने मिनरल्सले खानेकुरा पचाउन, शरीरमा तरल पदार्थ सन्तुलन मिलाउन र हड्डी बलियो बनाउन मद्दत गर्छ ।

पानीले फाइदा पुर्‍याउने अंगहरु ?

सामान्यतया पानीले शरीरका सबै अंगलाई फाइदा नै गरिरहेको हुन्छ । मुख्यतया पानिले मिर्गौला सही तरिकाले काम गर्न मद्दत पुर्‍याउँछ । यसबाहेक शरीरमा रगत बनाउन, हड्डी बलियो बनाउन, मांसपेशी तन्दुरुस्त र पाचन पक्रिया बलियो बनाउन भूमिका रहेको हुन्छ । शरीरभित्रको पोषक तत्व सोस्न, रक्तप्रवाह निरन्तर गर्न, मिर्गौलामा पत्थरी, हार्मोन, दिमाग स्वस्थ र मानसिक रुपमा फूर्तिलो बनाउन र छालाको सौन्दर्यलाई लामो समयसम्म कलिलो राख्न मद्दत गर्छ ।

पानी कति पिउदा स्वाथ्यमा राम्रो हुन्छ ?

सामान्यतया सबै मानिसको लागि पानि आवश्कता पर्दछ । तर दिनमा लामो समयसम्म काम गर्ने मानिसहरुले दैनिक तीनदेखि चार लिटर पानि पिउन जरुरी हुन्छ । तराईमा बढी गर्मी हुने भएकाले पानी पिउने मात्रा अझै बढी हुनुपर्छ । यदि पिसाबको रंग सेतो छ भने शरीरमा पानीको मात्रा ठीक यदि पहेको भएमा पुगेको छैन भनेर थाहा पाउन सकिन्छ ।

पानी किति कति समयमा पिउने ?

बिहान उठ्नै बित्तिकै मनतातो पानी पिउने, खाना खानुअघि र खाना खाइसकेको आधा घण्टापछि पानी पिउने गर्नुपर्छ साथै काम गर्न व्यक्तिले समय समयमा पिउने गनुपर्दछ ।

पानी पिउनुको फाईदाहरु ?

नियमित पानी पिउने बानीले टाउको दुख्ने, रक्तचाप घटबढ हुने मिर्गौला तथा पित्तथैलीका पत्थरी, मोटोपन, जोर्नी दुख्ने, अपच, अनिन्द्रा, एसिडिटी, ग्यास्ट्रिक, अल्सर, कब्जियत, मधुमेह, चायापोतो, डण्डीफोर, महिनावारीको गडबडी, हार्मोनहरुको गडबडी, कोलेस्टेरोल बढ्ने घट्ने जस्ता रोग लाग्नबाट बचाउँछ । यी रोग लागेकाले नियमित पानी पिउने गरे रोग नियन्त्रणमा समेत सहयोग पुर्‍याउँछ ।

पानीको सेवानले पुरायउने हानि ?

पानी मात्र होइन जुनसुकै खानेकुरा अत्यधिक रुपमा सेवा गरेमा त्यसले फाइदाको सट्टा हानि गर्न गर्दछ सामान्यतया पानि पिउनाले तेतिठुलो हानि भने पुराउने गर्दैन यद्यपि पानी पिउँदै नपिउँदा वा थोरै पिएमा भने शरीरमा असर गर्ने गर्दछ । शरीरमा पानीको कमी भएर यी समस्याहरु हुन सक्छ ।

पानीको कमिले देखिने समस्याहरु ?

टाउको दुख्ने, थकान महसुस हुने लगायतका समस्या देखिने गर्दछ । शरीरमा पानीको कमी भएमा थकान महसुस हुने र टाउको भारी हुने वा दुख्ने गर्छ । पूरै शारीरिक प्रणाली नै कमजोर हुने लगायतका समस्याहरु उत्पन हुन्छ ।

जोर्नी र मांसपेशीमा हुनेसमस्याहुने गर्दछ । जोर्नी तथा मांसपेशीलाई नरम बनाउने काम गर्छ । त्यसैले यसको त्यस्तै, पिंडुला दुख्ने, जोर्नीहरु दुख्ने, बाउँडिने समस्या देखापर्छ ।

पाचनसम्बन्धी समस्या हुने खानेकुरा राम्रोसँग नपच्नु पाचन प्रक्रियामा गडबडी हुने जस्ता कुराहरु हुन सक्छ। यसले गर्दा कब्जियत, अल्सर, अपच हुने समस्या देखिन्छ ।

मिर्गौलामा समस्या देखिने गर्छ । किनकि पानीको कमी हुँदा मिर्गौलाले फिल्टर गरेर शरीरमा भएका विकार तत्व बाहिर निकाल्न सक्दैन । फलस्वरुप मिर्गौला कमजोर भएर मिर्गौलामासमेत पत्थरी हुने जोखिम हुन्छ ।

छाला सुक्खा हुने तथा विभिन्न छालाका समस्या आउन सक्छ । साथै कम उमेरमा नै बुढ्यौली तथा छाला चाउरी पर्ने हुन सक्छ । त्यस्तै, मौसमविपरीत ओठ फुट्ने, सुक्खा हुने, चमक हराउने र रुखोपन आउने आदि समस्या हुनेगर्दछ ।

एजेन्सिको सहयोगमा

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *