कांग्रेस प्रचार विभागको प्रमूखको अध्यक्षतामा बसेको बैकले गर्‍यो पाँच निर्णय

काठमाडौं । नेपाली कांग्रेस सूचना, संचार तथा प्रचार विभागले मंगलबार बसेको बैठकले महत्वपूर्ण पाँच निर्णय गरेको छ ।

मंगलबार कांग्रेस सूचना, संचार तथा प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माको अध्यक्षतामा बसेको बैठकले पाँच निर्णय गरेको हो ।

नेपाली कांग्रेस सूचना, संचार तथा प्रचार विभागको बैठकले गरेका पाँच निर्णयहरु यस्ता छन :

  • नेपाली कांग्रेस सूचना, संचार तथा संचार विभागको निर्देशिका, २०८० सामान्य परिमार्जन सहित सर्वसम्मतले पारित गरियो ।
  • विभागले पुस्तकालय व्यवस्थापन तथा संचालनका लागि नेपाली कांग्रेस केन्द्रीय कार्यालयसित समन्वय गर्ने निर्णय गरियो ।
  • विभागका प्रमुख एवं सदस्यहरु बीच सूचना प्रविधि सम्बन्धी पुर्नताजगी कार्यक्रम गर्ने र सो को मिति, समय र स्थान प्रमुखले तोक्ने निर्णय गरियो ।
  • नियमन तथा व्यवस्थापन गर्ने उद्देश्यले पार्टीका यस विभागको सबै तहका समितिलाई केन्द्रीय कार्यालयको जस्तै फेसवुक एकाउण्ट खोल्न आग्रह गर्ने निर्णय गरियो ।
  • लोकतन्त्रमा आस्था राख्ने संचार गृह र संचारकर्मीको विवरण प्रेस युनियनसँग समन्वय गरी संकलन गर्ने निर्णय गरियो ।
सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *