कोशीको मुख्यमन्त्रीमा कांग्रेसका उद्धव थापा नियुक्त

काठमाडौं । कोशी प्रदेश सरकारमा फेरि उद्धव थापा मुख्यमन्त्री नियुक्त भएका छन्। कोशी प्रदेशसभाका नेपाली कांग्रेस संसदीय दलका नेता थापा गठबन्धन दलबाट मुख्यमन्त्री बनेका हुन्।

कोशी प्रदेशमा बहुमतको सरकार बनाउन सत्तारुढ गठबन्धनले दाबी पेस गरेको थियो । मंगलबार प्रदेश प्रमुख परशुराम खापुङसमक्ष कांग्रेसका उद्धव थापाले मुख्यमन्त्रीमा दाबी पेस गरेसगैँ मुख्यमन्त्रीको समर्थनका लागि  उनलाई कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीका प्रदेशसभा सदस्यहरुले समर्थन गरेका छन् । मुख्यमन्त्रीमा दावी पेश गरेपछि प्रदेश प्रमुख खापुङले कांग्रेसका थापालाई मुख्यमन्त्री नियुक्त गरेका हुन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *