कोशी प्रदेश : थापालाई नै मुख्यमन्त्रीमा अघि सार्ने कांग्रेसको निर्णय

काठमाडौँ । नेपाली कांग्रेसले कोशी प्रदेशको मुख्यमन्त्रीमा संसदीय दलको नेता उद्धव थापालाई नै अगाडि सारेको छ । मंगलबार दिउँसो बसेको कांग्रेस संसदीय दलका बैठकले थापालाई अगाडि बढाउने निर्णय गरेका हो ।

कांग्रेस प्रदेशसभा सदस्य भीम पराजुलीले थापा मुख्यमन्त्रीमा दाबी पेस गर्ने तयारीमा रहेको बताए । उनले भने, ‘गठबन्धनमा कांग्रेसले सरकारको नेतृत्व गर्ने सहमति भयो । सोही अनुसार हाम्रो संसदीय दलको बैठकले दलको नेतालाई मुख्यमन्त्रीमा अगाडि सार्ने निर्णय गरेको हो । दाबी पेस गर्ने तयारीमा छौं ।’ सभामुखको राजीनामापछि दाबी पेस गर्न प्रदेश प्रमुखको कार्यालयमा जाने उनको भनाइ छ ।

सर्वोच्च अदालतको आदेशबाट बिहीबार थापा मुख्यमन्त्रीबाट पदमुक्त भएपछि प्रदेश प्रमुख परशुराम खापुङले संविधानको धारा १६८ ९२० अनुसार मंगलबारसम्म सरकार गठनका लागि दाबी पेस गर्न आह्वान गरेका छन् । गत असार १७ मा सभामुख बाबुराम गौतमको समेत समर्थनमा थापा मुख्यमन्त्री नियुक्त भएका थिए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *