ज्योति विकासको सेयर रजिष्ट्रारमा पुनः एनआईबिएल एस क्यापिटल


काठमाडौं । ज्योति विकास बैंकले सेयर रजिष्ट्रारमा पुनः एनआइएमबि एस क्यापिटललाई नियुक्त गरेको छ । नेपालको अग्रणी मर्चेन्ट बैंक एनआइएमबि एस क्यापिटलले ज्योति विकास बैंकसँग आफ्नो सेयर रजिष्ट्रार कम्पनीको साझेदारी नवीकरण गर्ने भएको छ । उक्त सम्झौतामा एनआईएमबी एस क्यापिटलका तर्फबाट नायब महाप्रबन्धक सचिन्द्र ढुंगाना र ज्योति विकास बैंकका तर्फबाट वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत कपिल ढकालले हस्ताक्षर गरेका छन् ।

नवीकरणले सेयरधनीहरूलाई प्रभावकारी र विश्वासिलो सेयर रजिष्ट्रार सेवा प्रदान गर्नेछ । साथै, एनआइएमबि एस क्यापिटल र ज्योति विकास बैंकको साझा प्रतिवद्धतालाई निरन्तरता एवम् सार्थकता प्रदान गर्ने विश्वास कम्पनीले लिएको छ । यी दुवै संस्थाहरूले विगत थुप्रै वर्षहरुदेखि सेयरधनी व्यवस्थापन प्रक्रियालाई सुव्यवस्थित गर्न, पारदर्शिता बढाउन र सरोकारवालाहरूसँग निर्बाध सञ्चार सुनिश्चित गर्न सँगै काम गरिरहेका छन् । यो नवीकरणले एक–अर्काको सेवा प्रदान गर्ने क्षमतामा पारस्परिक विश्वास देखाउनुको साथै एनआइएमबि एस क्यापिटलद्वारा प्रदान गरिएका सेवाहरूको असाधारण गुणस्तरलाई पनि पुष्टी गरेको जनाएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *