पेट्रोलकाे मुल्य साढे ८ रुपैयाँले बढ्यो, अन्यमा कति ?

काठमाडौं । भारतबाट पेट्रोल डिजेल र मटिट्तलेको मूल्य वृद्धि भएर आएको छ । मंगलबार इन्डियन आयल कर्पोरेशनले पठाएको नयाँ मूल्यसुचीअनुसार डिजेल पेट्रोल र मटितेलको मूल्य वृद्धि भएर आएको निगमले जनाएको छ ।

मंगलबार भारतबाट आएको मूल्यसुची अनुसार पेट्रोलममा साढे ८ रुपैयाँ, डिजेलमा सात र मटिटतेलमा साढे सात रुपैयाँ बढेर आएको निगमले जनाएको छ । त्यस्तै हवाइ इन्धनमा साढे आठ रुपैँया वृद्धि भएको छ । एलपीजीमा १०० रुपैयाँ मूल्य घटेर आएकाले निगमले सोही अनुसार एलपीजीको मूल्य घटाउने तयारी गरेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *