संघीय शिक्षा ऐन संसदमा पेश गर्ने


काठमाडौं । सरकारले संघीय शिक्षा ऐन संसदमा पेश गर्ने भएको छ । उक्त ऐनलाई संसदमा पेश गर्न मंगलबार बसेको मन्त्रिपरिषद बैठकले स्वीकृति दिएको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

मन्त्रिपरिषद बैठकमा लम्पीस्किन रोगबाट पशु चौपाया गुमाउने किसानलाई राहत दिने विषयमा पनि छलफल भएको छ । यो विषयमा कृषि मन्त्रालयले प्रस्ताव गरेर मन्त्रिपरिषदमा पेश गर्ने र त्यस अनुसार निर्णय गर्ने छलफल भएको मन्त्री शर्माले जानकारी दिइन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *