संवैधानिक परिषद् बैठक निष्कर्षविहीन, अर्को बैठक १८ गते

काठमाडौं । संवैधानिक परिषद् बैठकको बैठक निष्कर्षविहीन सकिएको छ । प्रधानमन्त्रीको कार्यालय सिंहदबारमा प्रधानन्यायाधीशको नाम सिफारिस गर्नेबारे छलफलका लागि बसेको बैठक विनानिष्कर्ष टुंगिएको हो ।

अर्को बैठक साउन १८ गते ५ बजे बस्ने राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिनाले बताए । आगामी बैठकमा प्रधानन्यायाधीशसहित अन्य संवैधानिक पदमा नियुक्तिबारे छलफल हुने उनले बताए । संविधानको धारा २ सय ८४ को उपधारा ३ मा न्यायाधीश वा प्रधानन्यायाधीशको पद रिक्त हुनुभन्दा एक महिनाअघि नै संवैधानिक परिषद्ले नियुक्तिका लागि सिफारिस गर्नुपर्ने व्यवस्था छ ।

प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको कार्यकाल सकिन ४ दिनमात्रै बाँकी रहेको छ । उनको कार्यकाल सकिनु एक महिनाअगाडि नै नयाँ सिफारिस हुनुपर्नेमा अहिलेसम्म हुन सकेको छैन ।

सर्वोच्चमा हाल बहाल रहेका १४ न्यायाधीशमध्ये पहिलो नम्बरमा न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, दोस्रोमा ईश्वरप्रसाद खतिवडा र आनन्दमोहन भट्टराईसहित ८ न्यायाधीश छन् । परिषद्ले यिनैमध्येबाट एक जनाको नाम सिफारिस गर्नेछ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *