सुर्य प्रसाद उपाध्यायको (सुर्य वावु) स्मृति दिवसको अवसरमा कार्यक्रम सम्पन्न

काठमाडौँ । नेपाली काँग्रेसका संस्थापक नेता, नेपाली काँग्रेस पूर्वमहामन्त्री एवम् बीपी कोइरालाको सरकारका गृहमन्त्री सूर्यप्रसाद उपाध्याय ढुङ्गेलको ३९ औं स्मृति दिवसको अवसरमा सूर्यप्रसाद उपाध्याय स्मृति प्रतिष्ठानले प्रतिष्ठानको कार्यालयमा एउटा कार्यक्रममा गरेर साताव्यापी कार्यक्रमको प्रारम्भ गऱ्यो ।

काँग्रेसको चार महाननेता मध्येका एक नेता, सूर्यप्रसाद उपाध्यायको ३९ औं स्मृति दिवसको अवसरमा आयोजित साताव्यापी कार्यक्रमको प्रारम्भ नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सूर्य वावुको तस्वीरमा माल्यार्पण गरेर प्रारम्भ गरेका थिए । प्रमुख अतिथि देउवाले समारोहलाई सम्वोधन गर्दै कांग्रेसमा ०७ अगाडि देखिनै समूह त थियो नै, दुइटा समूह मिलेर नै ०७ क्रान्ति अगाडी काँग्रेस पार्टीको गठन भएको हो । ०१७ पछि पनि पार्टीमा विभिन्न समूह थिए, सबै लक्ष्य प्रजातन्त्र पुनस्थापना थियो । सूर्य वावुले ०१७ पछि पनि प्रजातन्त्रको लागि आफ्नो ढंगले काम गर्नु भएकै हो । पार्टीले अब उहाँलाई सम्मान गरेर नै अगाडी बढ्ने भनेको छ, उनको वारे थप अध्ययन हुदै जाओस्’ भने ।

सो समारोहमा पार्टी सभापति शेरबहादुर देउवा, केन्द्रीय सदस्य द्वय अर्जुननरसिंह केसी र मीनेन्द्र रिजाल, यो पंतिकार लोकेश ढकाल, प्रजातान्त्रिक विचार समाजका पूर्व अध्यक्ष केदारनरसिंह केसी, बीपी संग्राहालयका अध्यक्ष पर्शुराम पोखरेल लगायतले सूर्य वावुको योगदान र बहुआयामिक व्यक्तित्वमाथि प्रकास पार्नु भएको थियो ।

प्रतिष्ठानका अध्यक्ष डा. रमेशकुमार ढुङ्गेलको सभापतित्वमा सम्पन्न कार्यक्रममा ढुंगेलले सूर्य वावु वारेमा वोल्दै इतिहासको प्रमाणिक दस्तावेजले सूर्य वावुले काँग्रेसको संगठन, प्रजातान्त्रिक आन्दोलन र राष्ट्रको अहितमा कुनै काम गरेको पाइन्न । पार्टीले यतिका वर्षसम्म विर्सिएको र हालै पार्टीको केन्द्रीय समितिले सूर्य वावुलाई बीपी, सुवर्ण शमशेर र गणेशमान सिंहसहित चार महाननेताको रूपमा मान्यता दिएकोप्रति प्रसन्नता व्यक्त गर्नुभयो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *