भ्रमपूर्ण समाचार र चर्चाकापछि नलाग्न सहकारी बैंकको आग्रह


ललितपुर । राष्ट्रिय सहकारी बैंक लिमिटेडले बुधबार एक बिज्ञप्ती जारी गर्दै संस्थाका बिषयमा भ्रमपूर्ण समाचार सम्प्रेषण नगरिदिन आग्रह गरेको छ । पछिल्लो समय बैंक र अध्यक्ष के.बी उप्रेतीलाई लक्षित गर्दै केही सञ्चारमाध्यममा भ्रमपूर्ण समाचार प्रकाशित भएको र त्यही समाचारका आधारमा चर्चा गर्न थालिएको भन्दै आफ्नो ध्यानाकर्षण भएको जनाएको छ । उसले सहकारी क्षेत्रमा नेपाल राष्ट्र बैंक समेतको नियमनमा रही नियमनकारी निकायका निर्देशनहरु पूर्ण रूपमा पालना गर्दै संस्थागत सुशासन सहित बैं सञ्चालित भएको दाबी गरेको छ । सहकारीहरुको संस्थागत विकास र वित्तीय व्यवस्थापन लगायत सहकारीको समग्र विकासमा बैंकले आफ्नो तर्फबाट सक्दो पहल, प्रयत्न र संयोजनकारी भूमिका निर्वाह गर्दै आइरहेको भन्दै भ्रममा नपर्न सबैलाई बैंकले आग्रह गरेको छ । विभिन्न समयमा बैंक र बैंकका अध्यक्ष के।बी। उप्रेतीलाई लक्षित गरी सार्वजनिक हुने गरेका समाचारप्रति बैंकले गम्भीर ध्यानाकर्षण भएको बिज्ञप्तीमा उल्लेख गरेको छ । बैंकले भनेको छ समाचार र त्यसका आधारमा हुने गरेका चर्चाहरुको पछि नलाग्न तथा बैंकको बारेमा सत्य तथ्य बुझेर धारणा बनाउनु हुन सम्पूर्ण सहकारी संघ, संस्था, सहकारीकर्मी एवम् सरोकारवालाहरुलाई हार्दिक अनुरोध गर्दछौं ।

बिज्ञप्तीमा बैंकका ५ वटा सदस्य सहकारी संस्थाहरु एकिकरण हुँदा साविकको सदस्य संस्था हाम्रो सगरमाथा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडमा बैंकको कर्जा रकम २८ करोड रहेको र बैंकको नीति बमोजिम सबै सहकारीको एकल कर्जा सीमा भित्रै रहेको अवस्थामा एकिकरण भएका सबै संस्थाले लिएका कर्जाको कूल रकम एक अरब नजिक पुगेको बैंकले उल्लेख गरेको छ । सहकारी विभागले सम्बन्धित संस्थाहरुले नै बैंकको कर्जा सिमा भित्र ल्याउने योजनाका साथ एकीकरण गर्न अनुमति दिएको र बैंकको नीति अनुसार आगामी तिन वर्षभित्र एकीकृत संस्थाले कर्जालाई सिमा भित्र ल्याउनु पर्ने व्यवस्था रहेको समेत बैंकले जनाएको छ । कोभिड–१९ तथा रुस र युक्रेनवीचको युद्धले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अर्थतन्त्र प्रभावित भएसँगै सहकारी संस्थामा तरलता अभाव भई सिर्जित समस्याले सहकारी क्षेत्र प्रति संसय पैदा भएको भन्दै पछिल्लो समय विस्तारै अर्थतन्त्र चलायमान भई तरलता संकटको अवस्थामा क्रमशः सुधार हुँदै गएको यो विषम परिस्थितिमा मिति २०८० असार मसान्तसम्मकोे वित्तीय विवरण अनुसार बैंकको तरलताको अवस्था ३६.९९ प्रतिशत कायम रहेको बिज्ञप्ती मार्फत जानकारी दिएको छ । बैंकले दोस्रो कार्यकाल अध्यक्षको जिम्मेवारीमा रहेका के बी उप्रेतिले विगतमा १५ वर्षसम्म बैंकको प्रबन्ध सञ्चालक (महाप्रबन्धकको जिम्मेवारी हेर्ने गरी) पदमा, पटक–पटक राष्ट्रिय सहकारी बिकास बोर्डको विज्ञ सदस्यको पदमा र राष्ट्रिय सहकारी महासंघको लेखा सुपरीवेक्षण समितिको संयोजकको पदमा रही कार्य सम्पन्न गर्नुका साथै हाल उक्त महासंघको सञ्चालक पदमा समेत कार्यरत रहेको जानकारी दिएको छ ।

सहकारी क्षेत्रमा देखिएका समस्या समाधानका लागि सरकारदेखि सहकारी अभियानका तर्फबाट विभिन्न तरिकाले पहलकदमी भैरहेको सन्दर्भमा देशभरका सदस्य सहकारी संघरसंस्था, नियामकीय निकाय, तथा सम्पूर्ण सरोकारवालाको विश्वासबाट सञ्चालित बैंकलाई लक्षित गरी भएका विभिन्न गतिविधिहरुबाट भ्रममा नपर्न सम्पूर्ण सहकारीकर्मी एवम् सरोकारवालाहरुमा अनुरोध गरेको बिज्ञप्ती मार्फत जनाएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *