अग्नि मोटोइंकको ‘मनसुन राइड अफर’ सार्वजनिक


काठमाडौं । अग्नि ग्रुपको सहायक कम्पनी तथा क्लासिक लेजेन्ड्सको आधिकारिक वितरक अग्नि मोटोइंकले जावा तथा येज्दी मोटरसाइकलहरुमा ‘मनसुन राइड अफर’ सार्वजनिक गरेको छ । अफर अनुसार जावा र येज्दी मोटरसाइकल किन्ने ग्राहकले कम ब्याजदरमा सजिलो फाइनान्स अथवा एसेसरिज सहित राइडिंग गियर समेत पाइने कम्पनीले जनाएको छ । यो योजना अनुसार ग्राहकले मोटरसाइकल खरिद गर्दा ५० प्रतिशत डाउन पेमेन्टमा २ वर्षको अवधिमा जम्मा ५.५ प्रतिशत ब्याजदर मात्र लाग्ने कम्पनीले जनाएको छ ।

ग्राहकले नगदमा नै खरिद गर्ने हो भने एसेसरिज सहित सम्पूर्ण राइडिङ गियर पाउने छन् । उक्त एसेसरिज र राईडिंग गियर बराबरको रकम नगद छुट पाउने छन् । ग्राहकले हरेक मोटरसाइकलको खरिदमा निःशुल्क हेलमेट र १ वर्षको रोड ट्याक्स पनि पाउने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार जावा ब्राण्ड अन्तर्गत फोर्टी(टु, जावा र पेराक मोडेलका मोटरसाइकलहरु उपलब्ध छन् भने येज्दी ब्राण्ड अन्तर्गत रोडस्टर, स्क्राम्बलर र एड्वेंचर मोडेलहरु उपलब्ध छन् । यो अफर जावा र येज्दीका सबै शोरुमहरुमा उपलब्ध हुने तथा सीमित अवधिका लागि मात्र लागु हुने कम्पनीले जनाएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *