नेपाल मर्चेण्ट बैंकर संघको अभिमुखिकरण कार्यक्रम


काठमाडौं । नेपाल मर्चेण्ट बैंकर्स संघको संयोजकत्व र नेपाल राष्ट्र बैंक, वित्तिय जानकारी ईकाई तथा नेपाल धितोपत्र बोर्डसँगको सहकार्यमा अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ। बिहीबार होटल एम्बेस्डरमा एएमएल,सिएफटी र गोएएमएल एप्लिकेसन सम्बन्धि अभिमुखिकरण कार्यक्रम आयोजना गरिएको थियो ।

उक्त कार्यक्रममा सम्पत्ति शुद्धिकरण तथा आतङ्कबादी क्रियाकलापमा बित्तीय लगानी निवारण सम्बन्धी राष्ट्रिय रणनीति तथा कार्ययोजनाका सम्बन्धमा सहभागीहरुलाई जानकारी गराइएको थियो । धितोपत्र क्षेत्रमा सफ्टवेयर सिस्टम पूर्ण रुपमा लागू गराउन सूचक संस्थाहरुले गोएएमएल (प्रोडक्सन इन्भाइरोमेन्ट)मा यथाशीघ्र आवद्ध हुनुपर्ने प्रावधान बमोजिम राष्ट्र बैंक, वित्तिय जानकारी ईकाई तथा नेपाल धितोपत्र बोर्डका बिज्ञहरुबाट जानकारी गराइएको थियो । कार्यक्रममा नेपाल धितोपत्र बोर्डमा दर्ता भई संचालनमा रहेका सबै मर्चेण्ट बैंकरका प्रतिनिधिहरुको उपस्थिति थियो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *