मुक्तिनाथ विकास बैंकका ग्राहकलाई स्वास्थ्य सेवामा छुट


काठमाडौं । मुक्तिनाथ विकास बैंकका ग्राहककले शुक्र हाउस अफ डाइग्नोस्टिक एण्ड वेलनेस सेन्टरमा विशेष छुट सुविधा पाउने भएका छन् । उक्त बैंकको डेविट कार्ड तथा मोबाइल बैंकिङ्ग प्रयोग गर्दा १५ प्रतिशतसम्म छुट पाउने बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

उक्त छुट सुविधा सम्बन्धी बैंक र काठमाडौंको पानीपोखरीमा रहेको शुक्र हाउस अफ डाइग्नोस्टिक एण्ड वेलनेस सेन्टरले व्यवसायिक सम्झौता गरेका छन् । त्यसैगरी, बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न उक्त बैंकको एटीएम कार्ड प्रयोग गरी नेपालभरी रहेको भिसा नेटवर्कमा आबद्ध जुनसुकै बैंकको एटीएम मेसिनबाट निःशुल्क रकम झिक्न सक्ने व्यवस्था गरेको बैंकले बताएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *