ललिता निवास प्रकरण : जग्गा फिर्ता गर्ने शर्तपछि सिद्धिका खेतान स्वतन्त्र
काठमाडौं । ललिता निवास प्रकरणमा पक्राउ परेकी सिद्धिका खेतानलाई जग्गा फिर्ता गर्ने सर्तमा केन्द्रीय अनुसन्धान ब्युरो–सीआईबीले छुट दिएको छ । सीआईबीका अनुसार ललिता निवास प्रकरण संगठित अपराधमा मुछिएकी खेतानलाई बुधबार हाजिरी जमानीमा छाडिएको हो ।
खेतानको नाममा रहेको ललिता निवासको ७ आना ३ पैसा जग्गा फिर्ता गर्ने भन्दै विभिन्न कार्यालयमा निवेदन दिएपछि उनलाई े थुनामुक्त गरेको सीआईबीले जनाएको छ ।
काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयले खेतानलाई हाजिरी जमानीमा छाड्न अनुमति दिएपछि खेतान स्वतन्त्र भएकी छिन् । समरजङ्ग कम्पनीका तत्कालीन प्रमुख रमेशप्रसाद पोखरेल पनि हाजिरी जमानीमा छुटेका छन्।
पोखरेललाई काठमाडौं जिल्ला अदालतले थुनाका लागि थप म्याद नदिएपछि हाजिरी जमानीमा छाडिएको सीआईबीले जनाएको छ ।