संवैधानिक निकायमा रिक्त रहेका पदका लागि १५ दिने सूचना निकाल्ने बैठकको निर्णय


काठमाडौं । संवैधानिक परिषद्ले संवैधानिक निकायमा रिक्त रहेका विभिन्न पदमा नियुक्तिको प्रक्रिया अगाडि बढाएको छ । संवैधानिक परिषद्को आज बसेको बैठकले रिक्त रहेका पद पूर्तिका लागि १५ दिने सूचना निकाल्ने निर्णय गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सरकारी निवास सिंहदरबारमा बसेको परिषद्को बैठकले सो निर्णय गरेको परिषद् सदस्य तथा राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले जानकारी दिए ।

महालेखा परीक्षक, निर्वाचन आयुक्त, प्राकृतिक स्रोत तथा वित्त आयोगको सदस्य, मुस्लिम आयोगको सदस्यका लागि प्रक्रिया अघि बढाउन १५ दिनको सूचना निकालेर इच्छुकहरूको आवेदन माग्नुपर्ने व्यवस्था छ । त्यसका लागि सूचना निकाल्ने निर्णय भयो । आजकै बैठकले दुई दिनपछि रिक्त हुने सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको नाम सिफारिस गर्ने निर्णय गरेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *