दोलखामा पहिरोले घाइते दुई जनालाई हेलिकोप्टरबाट ल्याइयो काठमाडौं

दोलखा । दोलखाको गौरीशंकर गाउँपालिकाअन्तर्गत टोपाटारमा गएको पहिरो परी घाइते भएका दुई जनालाई हेलिकोप्टरबाट उपचारका लागि काठमाडौं ल्याइएको छ ।

चांखुमार्बु गाउँमा पहिरोमा परी गम्भीर घाइते भएका दुई जनालाई १२ बजे काठमाडौं ल्याइएको अल्टिच्युड एयरका क्याप्टेन आनन्द थापाले जानकारी दिए । यतिखेर घाइतेको शिक्षण अस्पताल महाराजगञ्जमा उपचार भइरहेको छ ।
बिहीबार राति गएको पहिरोका कारण १५ महिने शिशुको निधन भएको छ ।

पहिरोमा बेपत्ता हुनेमा गौरीशङ्कर–७ का हरिलाल श्रेष्ठ, कृष्णबहादुर मगर र उनकी श्रीमती रहेका छन् । स्थानीय यज्ञबहादुर थामीको १५ महिनाको नातिको शव फेला परेको प्रजिअ धमलाले बताए । गम्भीर घाइते भएका तीनमध्ये दुई जनालाई काठमाडौंस्थित त्रिभुवन शिक्षण अस्पतालमा ल्याइएको छ । एक जनालाई भने हेलिकोप्टरमा ठाउँ अपुग भएपछि सिंगटीस्थित अस्पतालमा छोडिएको छ ।

घाइते यात्रुलाई सुताएर काठमाडौं ल्याउन पर्ने भएका कारण सबैलाई समेट्न नसकिएको उनले जानकारी दिए । उद्धार उडानका लागि अल्टिच्युड एयरको हेलिकोप्टर बिहान ८ बजे घटनास्थल पुगेको थियो । उनका अनुसार पहिरोले तीनवटा घर पूर्ण रुपमा क्षति पुर्‍याएको छ । घटनास्थलमा नेपाली सेनालगायतका सुरक्षा टोली परिचालित छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *