दोलखामा पहिरो बेपत्ता मध्ये १ को शव भेटियो, तीन जनाको खोजी जारी

दोलखा । दोलखाको गौरीशंकर गाउँपालिका-७ टोपाटारमा पहिरोमा पुरिएर एक बालकको मृत्यु भएको छ ।

पहिरोमा तीन जना बेपत्ता भएका छन् । पहिरोमा पुरिएर तीन वर्षीय बालक प्रिन्स थामीको मृत्यु भएको वडा नम्बर- ७ का वडाध्यक्ष सोनाम शेर्पाले जानकारी दिए ।

बेपत्ता हुनेहरूमा स्थानीय ५५ वर्षका कृष्णबहादुर मगर, ५२ वर्षकि उनकी श्रीमती देव मगर, ५४ वर्षका हरिलाल श्रेष्ठ रहेका छन्। उनीहरूको खोजी भइरहेको छ ।

पहिरोको कारण ६ वटा घरमा पुनः रूपमा क्षति गरेको छ भने,दुई दर्जन घरमा आंशिक क्षति गरेको छ।वडा नम्बर-८ खारेबाट झरेको पहिरोले वडा नम्बर-७ मा जनधनको क्षति गरेको हो।

गौरीशंकर गाउँपालिका– ८ टोपाटारमा गए राति पहिरो गएको हो । गए रातीदेखि अविरल वर्षासँगै गौरीशंकर–८ मा गएको पहिरोले वडा नं ७ को टोपाटारमा अत्यधिक क्षति पुर्याएको प्रमुख जिल्ला अधिकारी कमलप्रसाद धमलाले जानकारी दिए । 

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *