माओवादीले केन्द्रीय समितिमा थप्‍यो २२ जना महिला सदस्य

काठमाडौं । नेकपा माओवादी केन्द्रले केन्द्रीय समितिमा २२ जना महिला सदस्य थप गरेको छ ।

जारी पार्टीको केन्द्रीय समिति बैठकले २२ महिला सदस्य थप्ने निर्णय गरेको हो । यससँगै माओवादी केन्द्रको केन्द्रीय समिति ४ सय ७ सदस्यीय पुगेको छ ।

थपिएका सदस्यहरू शुक्रबारदेखि नै केन्द्रीय समितिको बैठकमा सहभागी भएका छन् ।

नेकपा माओवादीको २०७८ पुसमा सम्पन्न नवौं महाधिवेशनले केन्द्रीय कमिटीमा महिलाको संख्या ३५ प्रतिशत र्पुयाउने निर्णय गरेको थियो । तर, हालसम्म कार्यान्वयन भएको थिएन । उक्त महाधिवेशनको निर्णयअनुसार बुधबारदेखि जारी केन्द्रीय समिति बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सांगठनिक प्रतिवेदनमा ३५ प्रतिशत महिला र्पुयाउन २२ जना थप्ने प्रस्ताव गरेका थिए ।

निर्वाचन आयोगमा दलका सदस्यहरूको विवरण बुझाइहाल्नुपर्ने भएकाले माओवादीलाई तत्काल केन्द्रीय समितिमा ३५ प्रतिशत महिला सदस्य र्पुयाउनुपर्ने बाध्यता थियो । सोहीअनुसार अध्यक्ष प्रचण्डले २२ महिला सदस्य थप्ने प्रस्ताव गरेका थिए । उनको प्रस्तावलाई केन्द्रीय समितिको बैठकले अनुमोदन गरेको हो ।

यि हुन् थपिएका सदस्यहरु

आङदावा शेर्पा, इन्दिरा अधिकारी, उमा कपाली, उर्मिला विक, गंगा खड्का, गिताकुमारी कँडेल चौलागाईं, गीता शाही, छमकुमारी खनाल , दिलमाया बूढामगर, नीरमाया श्रीस, नीशा न्यौपाने, पार्वती थापा, भगवती तिवारी, मोतिकला चलाउने, लालकुमारी पुन, लिला शर्मा, सपना परियार, सीता दाहाल, सुशीला घिमिरे, सुशीला पौडल, सूर्यकुमारी विक र शरु चौधरी हुुन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *