सय किलो सुन प्रकरणमा भन्सार एजेन्ट सुब्बा रिहा

काठमाडौं । करिब १ सय किलो सुन तस्करी प्रकरणमा पक्राउ परेका रुक्मिना सुब्बा रिहा भएका छन् । सुब्बाको स्वास्थ्य अवस्थालाई मध्यनजर गर्दै बोलाएको बेलामा उपस्थित हुने शर्तमा रिहा गरिएको हो ।

भन्सार एजेन्ट सुब्बा घाँटीको क्यान्सर पीडित हुन् । राजस्व अनुसन्धान विभागका सूचना अधिकारी नवराज अधिकारीले उनलाई उपचार प्रयोजनार्थ रिहा गरिएको जानकारी दिए । अधिकारीका अनुसार उनलाई किमो थेरापी गर्नुपर्ने देखिएपछि बिहीबार साँझ रिहा गरिएको हो ।

साउन ३ मा त्रिभुवन विमानस्थल भन्सार कार्यालयको गेट बाहिरबाट बरामद गरिएको करिब ८० देखि १ सय किलो सुनबारे राजस्व अनुसन्धान विभागले अनुसन्धान गरिरहेको छ । यस प्रकरणमा चिनियाँ र भारतीय नागरिकसहित १७ जना पक्राउ परेका छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *