सानिमा बैंकका ग्राहकलाई फुडमाण्डूमा क्यासब्याक
काठमाडौं । सानिमा बैंकका ग्राहकले भिसा डेबिट,क्रेडिट कार्ड र सानिमा मोबाइल बैंकिङ्ग एप प्रयोगकर्ताहरुले प्रत्येक शनिबार फुडमाण्डूमा डिजिटल भुक्तानी गर्दा क्यासब्याक पाउने बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । सानिमा मोबाइल बैंकिङ्ग एप प्रयोगकर्ताहरुले क्यूआर कोड स्क्यान गरी भुक्तानी गर्दा १५ प्रतिशत वा अधिकतम दुई सय रुपैयाँसम्म क्यासब्याक पाउने बताइएको छ ।
त्यसैगरी, भिसा डेबिट कार्ड प्रयोगकर्ताहरुले १५ प्रतिशत वा अधिकतम तीन सय रुपैयाँसम्म र भिसा क्रेडिट कार्ड प्रयोगकर्ताहरुले २० प्रतिशत वा अधिकतम तीन सय रुपैयाँसम्मको क्यासब्याक पाउने बैंकले बताएको छ । ग्राहकहरुले उक्त भुक्तानी भएको एक हप्ता भित्र क्यासब्याक पाइसक्ने बैंकले बताएको छ । यस्तो योजना २० श्रावणदेखि २० माघको हरेक शनिबार मात्रै लागू हुने बैंकले बताएको छ ।