साउनको चौथो सोमबार : पूजा गर्न भालेश्वर पुगे सिके राउत

काठमाडौं । जनमत पार्टीका अध्यक्ष सिके राउत चन्द्रागिरीको भालेश्वर महादेवको दर्शन गरेका छन् । अध्यक्ष राउतले सामाजिक सञ्जालमार्फत साउनको चौथो सोमबार पुर्जा गर्न चन्द्रागिरी पुगेको सामाजिक सञ्जालमार्फत जानकारी दिएका हुन् ।

‘आज श्रावणको चौथो सोमबार चन्द्रागिरीस्थित श्री भालेश्वरनाथ महादेवको दर्शन गर्दै । मन्दिरका महन्थज्यू, कार्यकारिणी प्रबन्धकज्यू तथा सुरक्षा अधिकारीहरूलाई हार्दिक अभिवादनको लागि धेरै धेरै धन्यवाद,’ उनले लेखेका छन् ।

ओशो सन्यासी समेत रहेको नेता राउत पछिल्लो समय धर्म कर्ममा व्यस्त हुन थालेका छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *