कानुनमन्त्री धनराज गुरुङ अकस्मात अस्पताल भर्ना
काठमाडौं । संसदीय मामिला तथा कानुनमन्त्री धनराज गुरुङ अस्पताल भर्ना भएका छन् ।
गुरुङ त्रिभुवन विश्व विद्यालय शिक्षण अस्पतालको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा भर्ना भएको स्वकीय सचिव प्रेम केसीले जानकारी दिए । मन्त्रालयमा काम गरिरहेका बेला बिहीबार एक्कासि असहज महसुस भएपछि उनलाई महाराजगन्जस्थित मनमोहन कार्डियोथेरासिक ट्रान्सप्ललान्ट सेन्टरमा भर्ना गरिएको हो ।
केसीका अनुसार गुरुङ ब्लड प्रेसर घटेर कमजोर महसुस भएपछि अस्पताल गएका थिए । अहिले गुरुङको स्वास्थ्य अवस्था सामान्य रहेको केसीले बताए । गुरूङको मुटुको धड्कन कम र ब्लड प्रेसर कम देखिएको चिकित्सकहरूले बताएका छन् ।