शुक्रबारका लागि तय भएको राष्ट्रियसभा बैठकमा पाँचवटा सम्भावित कार्यसूची

काठमाडौं । नेकपा एमाले अवरोधका कारण निरन्तर स्थिगित हुँदै आएको राष्ट्रिय सभा बैठक पुनः शुक्रबार बस्ने भएको छ ।

शुक्रबार बस्ने राष्ट्रिय सभाको बैठकका लागि संघीय संसद सचिवालयले विभिन्न ५ वटा सम्भावित कार्यसूची सार्वजनिक गरेको छ । शुक्रबार राष्ट्रिय सभाको बैठक बिहान बिहान ११ बजेर १ मिनेटमा बस्ने गरी तय भएको संघीय संसद सचिवालयले जनाएको छ ।

संभावित कार्यसुचीअनुसार राष्ट्रपतिको कार्यलयबाट प्राप्त पत्र अन्तर्गत विधेयक प्रमाणीकरण, मन्त्रिपरिषद् सदस्यको कार्यभारसम्बन्धी पत्र अध्यक्षले बाचन गरेर सदनलाई जानकारी गराउने, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त पत्र पनि अध्यक्षले जानकारी गराएर बाधा अड्काउ फुकाउ आदेश सम्बन्धी विषय बैठकमा पेश हुने भएका छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *