स्वास्थ्य मन्त्रीले पदभार सम्हालेको सय दिनको अवसरका कार्यक्रमको आयोजना
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले पदभार सम्हालेको १ सय दिन पुगेको
अवसरमा राष्ट्रिय सभागृहमा शुक्रबार कार्यक्रको आयोजान गर्ने भएका छन् ।
स्वास्थ्यमन्त्री बस्नेतले शुक्रबार हुने कार्यक्रममा उपस्थितिका लागि काठमाडौं उपत्यकाका सरकारी अस्पतालका चिकित्सिक, स्वास्थ्यकर्मी र कर्मचारीहरु सबैलाई अनिवार्य रुपमा उपस्थिति हुन अनुरोध गरेका छन् ।
स्वास्थ्य मन्त्रालयले सबै अस्पतालका प्रमुखलाई पत्र पठाएर उक्त कार्यक्रममा उपस्थित हुन आग्रह गरेको छ । साउन १८ गतेको मन्त्रालयको सचिवस्तरीय निर्णयअनुसार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका महाशाखा, इकाई, सबै,स्वास्थ्य सेवा विभाग,औषधि व्यवस्था विभाग,आयुर्वेद तथा वैकल्पिक चिकित्सा सेवा विभाग सबैलाई उक्त कार्यक्रममा सहभागि हुन अनुरोध गरिएको छ ।
सोही अवसरलाई सेतो कोट दिवसका रूपमा समेत मनाइने भएकोले सबै स्वास्थ्यकर्मी
प्राविधिकहरुलाई एप्रोन लगाएर उपस्थित हुन समेत आग्रह गरिएको छ ।