राष्ट्रिय फुटबल खेलाडी थापामाथि ज्यान मार्ने उद्योगमा अनुसन्धान हुने


काठमाडौं । नेपाली राष्ट्रिय फुटबल खेलाडी रितेश थापामाथि ज्यान मार्ने उद्योगमा अनुसन्धान हुने भएको छ । थापामाथि फुटबल टिमकै अर्का खेलाडी भरत शाहमाथि ज्यान मार्ने उद्देश्यले कुटपिट गरेको भन्दै प्रहरीले ज्यान मार्ने उद्योगको मुद्दामा अनुसन्धान थालेको हो । काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपी दानबहादुर कार्कीले थापाबारे अनुसन्धान भइरहेको बताए । पीडित परिवारले थापामाथि ज्यान मार्ने उद्योगमा उजुरी दिएका छन् ।

अहिले नै दर्ता भएको छैन । हामी अनुसन्धान गर्दैछौँ, एसएसपी कार्कीले भने । रितेश थापा नेपाल प्रहरीका नायव निरीक्षक (सई) हुन् भने शाह प्रहरी हवल्दार । थापाले शाहमाथि १० साउनमा भत्केको पुलको एक रेस्टुरेन्टमा बियरको बोतलले प्रहार गरेका थिए । घाइते शाहको ललितपुरको बी एन्ड बी अस्पतालमा उपचार भएको थियो । हाल थापा भने अस्ट्रेलिया पुगेका छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *