अहिलेसम्मकै सस्तो टाटाको इलेक्ट्रिक कार नाडा अटो शोमा आउँदै


काठमाण्डौं । टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले नाडा अटो शोमा टियागो इलेक्ट्रिक गाडी सार्वजनिक गर्ने तयारी गरेको छ । कम्पनीले भदौ २६ गतेबाट सुरु हुने नाडा अटो शोमा टियागो ईभी सार्वजनिक गर्ने तयारी गरेको हो । टियागोसँगै सिप्रदीले हाल उल्लेख्य बिक्रि गरिरहेको नेक्सन ईभी पनि प्रदर्शनीमा राख्ने जनाएको छ । टियागो ईभी भारतमा सर्वाधिक बिक्री भएको अटोमोबाइल्स ब्राण्ड हो । भारतमा बिक्री भएकोमध्ये २६ प्रतिशत गो गाडी महिलाहरुले किनेका छन् ।

कुल बिक्री भएकोमध्ये २४ प्रतिशत पहिलो पटक गाडी खरिद गर्ने युवा पंक्तिले किनेका छन् । कलेज पढ्ने र भर्खर काम गर्दै गरेका युवाहरुको रोजाईमा टियागो ईभी परेको टाटा मोटर्सले उल्लेख गरेको छ । ५ सिट क्षमताको टियागो ईभी २ वटा मोटर पावर क्षमताको छ । नेपालमा नाडा अटो शो लक्षित गरेर कम्पनीले गाडी भित्र्याउने तयारी गरेको हो । भारतीय अटोमोबाइल्स निर्माता कम्पनी टाटा मोटर्सले आफ्नो सबैभन्दा सस्तो विद्युतीय गाडीका रुपमा टियागो इभी ल्याएको हो ।

यसको मूल्य अहिले भारतीय बजारमा करिब ११ लाख ५० हजार भारु छ । यो कारमा हिल स्टार्ट एण्ड डिसेन्ट असिस्ट, आई–टिपीएमएस, अटोमेटिक क्लाइमेट कन्ट्रोल, रेन सेन्सिङ वाइपर, अटोमेटिक हेडल्याम्प, पुस बटन स्टार्ट र क्रुज कन्ट्रोल जस्ता फिचर छन् । लेटेस्ट जिपट्रोन प्लेटफर्ममा तयार गरिएको यो कारको अगाडी २ वटा एयरब्याग दिइएको छ । रिभर्स क्यामेरा पनि राखिएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *