हिमालयन डिष्टिलरले गर्यो ६.३८ अर्बको आम्दानी


काठमाडौं । हिमालयन डिष्टिलरीले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म ६६ करोड १ लाख रुपैयाँ खुद नाफा गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले १ अर्ब ५ करोड ६९ लाख रुपैयाँ खुद नाफा गरेको थियो । अघिल्लो वर्षको तुलनामा कम्पनीको नाफा ३७.५४ प्रतिशत घटेको हो । गत असारसम्म कम्पनीको बिक्री आम्दानी २५.४३ प्रतिशत घटेर ६ अर्ब ३८ करोड ९९ लाख रुपैयाँ गरेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले ८ अर्ब ५६ करोड ८८ लाख रुपैयाँ बिक्री आम्दानी गरेको थियो । पछिल्लो समय अर्थतन्त्रमा परेको समस्याले कम्पनीको व्यवासयमा असर परेको वित्तीय विवरणले देखाएको छ । साथै, सरकारले अन्तः शुल्क वृद्धि, तरलता संकुचन, कच्चा पदार्थको लागतमा वृद्धिले पनि कम्पनीको कारोबारमा असर गरेको देखिन्छ । समीक्षा अवधिमा कम्पनीको चुक्ता पूँजी ६० प्रतिशत बढेर २ अर्ब ४२ करोड ९५ लाख रुपैयाँ र जगेडा कोष ३०.३८ प्रतिशत घटेर ९२ करोड ३३ लाख रुपैयाँ छ । कम्पनीको प्रतिसेयर आम्दानी ४२.४४ रुपैयाँ घटेर २७.१७ रुपेयाँमा झरेको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ १३८ रुपैयाँ रहेको छ भने मूल्य आम्दानी अनुपात ८२.७४ गुणा रहेको छ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *