राष्ट्र बैंकले विकास ऋणपत्र बिक्री गर्दै
काठमाडौं । नेपाल राष्ट्र बैंकले ६ वर्षे विकास ऋणपत्र २०८६ ‘ट’ बिक्री गर्ने भएको छ । राष्ट्र बैंकले सरकारको ५ अर्ब ८४ करोड रुपैयाँको ६ वर्ष अवधि रहेको विकास ऋणपत्र २०८६ ‘ट’ बोलकबोल मार्फत् बिक्री गर्ने भएको हो ।
राष्ट्र बैंकले साउन ३२ गते बोलकबोल मार्फत् बिक्री गर्ने र भदौ १ गते निष्काशन गर्नेछ । उक्त ऋणपत्र खरिदका लागि बोलकबोल पेश गर्न राष्ट्र बैंकले आग्रह गरेको हो । विकास ऋणपत्रमा बैंक तथा वित्तीय संस्था, गैर–बैंकिङ्ग वित्तीय संस्था, बीमा कम्पनी र सर्वसाधारण नेपाली नागरिकले आवेदन दिन सक्नेछन् ।