व्यक्तिको जग्गामा जबर्जस्ती प्रवेश नर्गन र जग्गाधनीलाई पक्राउ नर्गन अदालतको आदेश

काठमाडौं । धरानका मेयर हर्क साम्पाङलाई उच्च अदालत विराटनगरले व्यक्तिको जग्गामा जबर्जस्ती प्रवेश नगर्न र जग्गाधनीलाई पक्राउ नगर्न आदेश दिएको छ ।

साङपाङलाई बिहिबार उच्च अदालतले व्यक्तीको जग्गामा प्रवेश गरेर विरुवा रोप्ने काम्मा जबरजस्ती समेत नगर्न आदेश दिएको थियो । उच्च अदालतका न्यायाधीश दिनेशप्रसाद यादवको एकल इजलासले प्याराग्लाइडिङ व्यवसायी रोशन अधिकारी र रोजिना अधिकारीको जमिनमा प्रवेशमा रोक लगाउँदै उनीहरुमाथि पक्राउ नगर्न समेत आदेश जारी गरेको हो ।

धरानका मेअर साङपाङले धरान ४ स्थित छोटी मोरङ डाडामा रहेको रोशन अधिकारी र रोजिना अधिकारीको जमिनमा जबर्जस्ती बिरूवा रोपेको भन्दै साङपाङविरुद्धको रिट लिएर अदालत पुगेका थिए ।

साउन ६ गते मेयरले आफ्नो जमिनमा जबरजस्ती गरेको, पाराग्लाइडिङको उडानस्थलमै बिरूवा रोपेर असर पारेको भन्दै अधिकारी परिवार लगत्तै अदालत पुगेको थियो। साउन ११ गते उच्च अदालत, विराटनगरका न्यायाधीश मिलनकुमार राईको इजलासले अन्तरिम आदेश जारी गर्दै मुद्दाको अन्तिम किनारा नलागेसम्म उक्त जग्गामा अनधिकृत रूपमा प्रवेश नगर्न, वृक्षरोपण गर्ने कार्य नगर्न आदेश दिएको थियो ।

त्यसपछि पनि धरानका मेयर साङपाङ उक्त जग्गा पुगरे पिडित पक्ष र मेयरबीच भएको भनाभन पछि मेयरले पिडितको घर भत्काइदिने समेत धम्की दिएका थिए । उक्त भिडियो सामाजिक सँजालमा निकै आलोचित छ । त्यसपछि आँफूलाई विरुवा रोप्नेक्रममा महिलामार्फत सार्वजनिक ठाउँमा दुव्र्यवहार भएको भन्दै प्रशासनमा उजुरी दर्ता गरेका थिए । साङपाङले दुव्र्यवहार गर्नेलाई पक्राउ गर्न भन्दै प्रहरीमा समेत उजुरी दिएका थिए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *