समृद्धि र सुशासनको यात्रामा जानुको विकल्प छैन : प्रधानमन्त्री प्रचण्ड
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले समृद्धि र सुशासनको नयाँ यात्रामा जानुको कुनै विकल्प नभएको बताएका छन् ।
आइतबार ललितपुरमा मुख्यमन्त्री कार्यालय भवन उद्घाटन कार्यक्रममा उनले सुशासन सामाजिक न्याय र समृद्धिको राष्ट्रिय उद्देश्यमा सरकार अगाडि बढेको भन्दै त्यसको यात्रामा जानुको कुनै विकल्प नरहेको बताएका हुन् ।
‘सुशासन सामाजिक न्याय र समृद्धिको राष्ट्रिय उद्देश्य हाम्रो नयाँ सरकारले भनेको छ र त्यसमा अगाडि बढ्दै छ, त्यसमा सबै प्रदेशहरूको पनि सहयोग अझै राम्रोसँग हुनेछ भन्ने विश्वास व्यक्त गर्न चाहान्छु,’ उनले भने, ‘हामीलाई स्थिरता स्थायित्वको साथै समृद्धि र सुशासनको नयाँ यात्रामा जानुको विकल्प नेपालीहरूको अगाडि छैन ।’
उनले संघीय मन्त्रीहरूको क्वाटर पनि केही महिनाभित्रमा टुङ्गिने जानकारी दिए ।