लक्ष्मी सनराइजको सर्वाधिक सेयर कारोबार
काठमाडौं । लक्ष्मी सनराइज बैंकको सर्वाधिकर सेयर कारोबार भएको छ । बैंकको एकैदिन ७ करोड ३१ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको हो । सर्वाधिक कारोबार भएको बैंकको सेयर मूल्य पनि बढेको छ । दिनभरको बजारमा बैंकको सेयर र मूल्य बढेर प्रतिकित्ता १८१.२० रुपैयाँमा कारोबार भएको छ ।
जुन अघिल्लो दिनको तुलनामा ४.७१ प्रतिशतले बढी हो । सोमबारको सेयर बजार सामान्य अंकले बढेको छ । बजारमा सेयर मूल्य मापक नेप्से परिसूचक ५.०९ अंकले बढेर १९९८.४८ बिन्दुमा पुगेको छ । जुन अघिल्लो दिनको तुलनामा ०.२५ प्रतिशतले बढी हो ।