आगामी राजनीति युवाहरुको पक्षमा ल्याउनुपर्छ : शशांक कोइराला

काठमाडौँ । नेपाली कांग्रेसका नेता शशांक कोइरालाले आगामी राजनीति युवाको पक्षमा ल्याउनुपर्ने बताएका छन् ।

मंगलबार प्रतिनिधिसभा बैठकपछि कोइरालाले आगामी राजनीति युवाहरुको पक्षमा ल्याउनुपर्ने बताएका हुन्। आफूहरु बुढो भइसकेको र कहिले ढल्ने भन्ने थाहा नभएको भन्दै उनले राजनीतिमा युवाको आवश्यकता औँल्याए ।

‘भोलिको राजनीति भनेको युवाहरुको पक्षमा ल्याउनुपर्छ । हामी त बुढो भइसक्यौँ, कहिले ढल्छौँ थाहा छैन,’ उनले भने ।

उनले १५ औँ महाधिवेशनको तयारी स्वरुप सातवटै प्रदेशमा घुम्ने तयारी रहेको पनि सुनाए । सभापतिको उमेदवारीबारे भने उनले साथीहरुसँग कुरा गरेर मात्रै निर्णय गर्ने बताए । ‘म सबभन्दा पहिले साथीहरुसँग कुरा गर्छु । उनीहरुको चाहना के हो ? मैले मात्रै चाहेर त भएन नि । उनीहरुको चाहना हेर्छु । अनि त्यसपछि निर्णय गर्छु,’ कोइरालाले भने ।

गठबन्धनको सरकार भएका कारणले चाहेजस्तो काम गर्न नसकेको उनको भनाइ छ । उनले भने, ‘गठबन्धनको सरकारमा हामीले गिभ एन्ड टेक गर्नुपर्छ । आफ्नै गोरुको बाह्रै टक्का हुँदैन । चाहँदा चाहँदै पनि हामी सुधार ल्याउन सक्ने सम्भावना म देख्दिनँ ।’

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *