भ्रष्टाचार काण्डमा दोषी बचाउने काम भएको छैन : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफु नेतृत्वको सरकारले भ्रष्टाचारविरुद्ध कडा रुपमा प्रस्तुत भएको बताएका छन् ।

उनले पछिल्लो समय ललिता निवास जग्गा हिनामिनादेखि नक्कली भुटानी शरणार्थी प्रकरण, सुन तस्करी प्रकरणमा सरकार निर्मम भएर लागेको र दोषी देखिएका कसैलाई बचाउने काम नभएको बताएका हुन् ।

आज (मंगलबार) बसेको प्रतिनिधिसभा बैठकमा ‘प्रधानमन्त्रीसँगको प्रश्नोत्तर’ कार्यक्रममा सांसद असिम शाहले गरेको प्रश्नको जवाफ दिँदै उनले कुनै भ्रष्टाचार र अनियमिततामाथिको छानबिनका क्रममा दोषीलाई उन्मुक्ति दिने काम नभएको बताए । प्रधानमन्त्री नै दोषी देखिए पनि कारबाहीको दायरा ल्याउनुपर्ने आफूले प्रहरीलाई बताएको उनले जानकारी दिए ।

नक्कली भुटानी शरणार्थी र ललिता निवास जग्गा लगायतका प्रकरणमाथि भइरहेको छानबिन र कारबाही प्रक्रियाले जनतामा उत्साह बढाएको प्रधानमन्त्री प्रचण्डको भनाइ छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *