शाइन रेसुङ्गाका ग्राहकले कनेक्ट आइपिएसबाट फण्ड ट्रान्सफर गर्दा मोबाइल


काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकको मोवाइल बैंकिङ्ग प्रयोगकर्ताहरुले कनेक्ट आइपिएसमार्फत फण्ड ट्रान्सफर गर्दा स्मार्ट फोन उपलब्ध गराउने स्किम सार्वजनिक गरेको छ । अफर अन्तर्गत दुई जना प्रयोगकर्ताले स्मार्ट फोन पाउने बैंकले बताएको छ । बैंकले कनेक्ट आइपिएससँगको सहकार्यमा यस्तो स्किम ल्याएको बताएको छ । शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकको मोबाइल बैकिङ्ग एपबाट कनेक्ट आइपीएस छनौट गरी फण्ड ट्रान्सफर गर्दा मोबाइल फोन उपहार जित्न सकिने बैंकले बताएको हो । यस्तो स्किम भाद्र १५ गतेदेखि असोज १४ गतेसम्म लागु हुने बताइएको छ ।

विभिन्न भुक्तानीका निम्ति मोबाइल बैकिङ्गको बढ्दो प्रयोगलाई थप प्रर्वद्धन गर्न यस्तो स्किम ल्याइएको बैंकले बताएको छ । कनेक्ट आइपिएसको फण्ड ट्रान्सफरको विकल्प ५० भन्दा बढी बैंक तथा वित्तीय संस्थाको मोवाइल बैंकिङ्गमा उपलब्ध छ । कनेक्ट आइपिएसमार्फत प्रति दिन तीन लाख रुपैयाँसम्मको फण्ड ट्रान्सफर गर्न सकिन्छ । कनेक्ट आइपिएस फण्ड ट्रान्सफर तथा यसको च्यानल प्लेटफर्म एनपीएस अन्तर्गतको रिटेल पेमेन्ट स्विच मार्फत सञ्चालनमा छ । आर्थिक वर्ष २०७९।८० मा यस च्यानलमार्फत १४.७ मिलियन भन्दा बढी भुक्तानी कारोबार फर्छ्यौट भइसकेको बताएको छ । शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकका ३ लाख भन्दा बढि मोवाइल बैंकिङ्ग प्रयोगकर्ताहरु रहेको बैंकले बताएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *