पशुपति क्षेत्र विकास कोषद्वारा बनकाली पार्किङ रद्द

काठमाडौँ । पशुपति क्षेत्र विकास कोषले बनकाली पार्किङ रद्द गरेको छ ।

बिहीबार संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा बसेको विकास कोषको बैठकले पार्किङको ठेक्का रद्द गरेको हो।पशुपति क्षेत्रअन्तर्गत वनकाली ओरालो क्षेत्रमा रहेको पार्किङमा तत्व इन्भेष्टमेन्ट एण्ड सर्भिस प्रालिले सम्झौता पालना नगरेको भन्दै ठेक्का रद्द गरिएको हो।

सम्झौताअनुसार मासिक चार लाख ८३ हजार ३३ क्षेत्र विकास कोषलाई भुक्तानी गर्नुपर्नेमा लामो समय सम्म बक्यौता बाँकी राखेको र अरु नियम पनि उलङ्घन गरेको भन्दै कोषले ठेक्का रद्द गर्ने निर्णय गरेको हो।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *