नबिल बैंक भोजपुर शाखा स्थानान्तरण


काठमाडौं । नबिल बैंकको भोजपुर शाखा हाल सञ्चालन भइरहेको भवनबाट स्थानान्तरण गरी नयाँ भवनबाट शाखा सञ्चालन गर्ने हो । उक्त शाखा स्थानान्तरण गर्ने भएकाले बैंकलाई नयाँ कार्यालय भवन आवश्यक परेको हो । बैंकका अनुसार भोजपुर नगरपालिका ७ क्षेत्रमा १ हजारदेखि १ हजार ५ सय वर्गफिट क्षेत्रफल भएको भवन आवश्यक परेको हो । प्रमुख व्यापारिक तथा बजार क्षेत्रमा शाखा कार्यालय संचालनका लागि भुईं तल्ला वा पहिलो तल्ला भएको भवन हुनु पर्ने बैंकले जनाएको छ ।

प्रस्तावित भवनहरुमा पानी, बिजुली तथा पार्किङ्गको सुविधासहित मोटर बाटो हुनुपर्ने, भवन सकड विस्तार योजनामा नपरेको हुनुपर्ने र भुकम्प प्रतिरोधात्मक भवनलाई प्राथमिकता दिइने बैंकले जनाएको छ । भवनको भूईं तल्लामा एटीएम तथा जेनेरेटर राख्नका लागि स्थान उपलब्ध, कम्तीमा १५ वर्षको लागि भवन उपलब्ध गराउनुपर्ने बैंकले जनाएको छ । बैंकले घरभाडा भुक्तानी गर्दा प्रचलित कानून अनुसार सम्पूर्ण कर कट्टी गरिने बताइएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *