भारत र पाकिस्तानबीचको खेल वर्षाले रोकियो

काठमाडौँ । एशिया कप अन्तर्गत सुपर फोर अन्तर्गतको भारत र पाकिस्तानबीचको खेल बर्षाले रोकिएको छ ।

श्रीलंकाको कोलम्बोस्थित आर प्रेमदासा स्टेडियममा जारी खेल अहिले बर्षाले रोकिएको हो । टस हारेर पहिला ब्याटिंग गरिरहेको भारतले २४.१ ओभरमा २ विकेट गुमाउदै १४७ रन बनाएपछि खेल रोकिएको छ । भारतका लागि अहिले केएल राहुल १७ र विराट कोहली ८ रन बनाएर खेलिरहेका छन् । यस अघि भारतका कप्तान रोहित शर्माले ५६ र शुभमन गीलले ५८ रन बनाएर आउट भएका थिए । त्यस्तै पाकिस्तानका बलर शाहिन शाह अफ्रिदी र शडाब खानले एक एक विकेट लिएका थिए ।

आज अब कम्तिमा २० ओभरको खेल हुन नसक्ने अवस्थाका लागि यस खेलमा भोलिका लागि रिजर्भ डे को व्यवस्था गरिएको छ । भारतए २० ओभरको ब्याटिंग गरिसकेकाले आज कम्तिमा २० ओभरको खेल हुने अवस्थामा पाकिस्तानको ब्याटिंग हुने छ । अन्यथा भोली आज रोकिएकै समयबाट खेल शुरु हुने छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *