जातीय द्वन्द्वको षड्यन्त्र सफल हुन दिँदैनौं : गृहमन्त्री श्रेष्ठ

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले देशमा जातीय द्वन्द्व हुन नदिने बताएका छन् ।

सोमबार ललितपुरमा ज्यापु समाजको ३१औं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले जाति र भाषाको नाममा समुदायबीच द्वन्द्व उत्पन्न गराउने दुष्प्रयत्न भइरहेको भन्दै नेपाली नेपालीबीचको सद्भाव तथा सहिष्णुताको विशेषतालाई कमजोर पार्ने कुनै पनि षड्यन्त्र सफल हुन नदिने बताएका हुन् । उनले भने,‘जातीय तथा भाषिक समुदायबीच द्वन्द्व, संघर्ष पैदा गराउने एउटा वा अर्को कोणबाट दुष्प्रयत्न भइरहेको पनि हामी देख्न सक्छौँ । जो अन्जानमा त्यस्तो काममा सामेल हुनुभएको छ । उहाँहरुले हाम्रो मौलिक पहिचान बुझिदिनुहोला र आफूलाई सच्याउनु होला । नेपालीबीच सद्भाव तथा सहिष्णुताको विशेषतालाई कमजोर हुन दिने छैनौं कुनै पनि षड्यन्त्र सफल हुन दिने छैनौं ।’

उनले समाजलाई आधुनिकीकरण गर्ने नाममा आफ्नो परम्परा र संस्कृतिलाई बिर्सन नमिल्ने तर्क गरे ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *